info@nepflights.com +977-1-4257375

  • टिकट व्यवसायीको लागि नेपफ्लाईट्स नेटवर्क

    29 Jan

    nepflights-network-like-googleसर्वसाधारणमा फ्लाईट टिकटको सर्वसुलवताको लागि नेपफ्लाईट्सले नेपफ्लाईट्स नेटवर्क ल्याएको छ। यो कार्यक्रम विशेष गरी फ्लाईट टिकट व्यवसाय गर्न ईच्छुक व्यवसायी वा उधमीलाई लक्षित गरि ल्याईएको हो ।  मोवाइल र इन्टरनेट उपयोग गरी नेपफ्लाईट्सका माध्यमबाट व्यवसायीले टिकट ईस्यु गरेर आफ्ना ग्राहकलाई वेच्न सक्नेछन् ।  साईबर, कम्युनिकेसन वा ट्राभल एजेन्सिमा जस्तो यदि तपाईको व्यवसायमा ईन्टरनेट र मोवाईल प्रयोग हुदै आएको छ भने यो सेवा तपाईको लागि लाभदायी हुन सक्छ ।

     

    विगतका प्लेन  टिकटप्रतिको जटिलता लाई मध्यनजर गर्दै नेपफ्लाईट्सले यसको सहजीकरणका  निम्ति यो सेवालाई अगाडी सारेको हो । यसअघि यो सुविधा उपयोगमा ल्याउन व्यवसायीले सिधै एयरलाईन्ससंग नै सम्पर्क गर्नु पर्थ्यो ।

     

    पहिलो चरणमा नेपफ्लाईट्सले बजारमा नेपफ्लाईट्स नेटवर्कका तिनवटा प्याकेज ल्याएको छ : सिल्भर, गोल्ड र प्लाटिनम । यो प्याकेजले नै व्वसायीको नाफा निर्धारण गर्दछ। क्यान ईन्फोटेकको अवसर पारेर  नेपफ्लाईट्सले ईन्फोटेक मै रजिस्टर गर्ने व्यवस्था मिलाएको छ र त्या रजिस्टर हुने मध्य १ जनाको फेमलीलाई सौरहाको गि्न पार्क चितवनमा मा १ रात २ दिनको प्याकेजको अवसर दिदै छ।

    यसको उपयोग गर्न चाहनेले नेपफ्लाईट्स डटकममा गएर खाता खोल्न सकिन्छ अथवा मोवाइलबाट९८४९०८९४९३ मा NEPFLIGHTS लेखि एसएमएस पठाएर पनि यसमा आफूलाई रजिस्टर्ड गर्न सकिन्छ । रजिस्टर्ड गरेपछि आफ्नो खातामा रकम जम्मा गरी कारोवार सुरु गर्न सकिन्छ । थप जानकारीका लागि नेपफ्लाईट्स डटकम मा गएर अथवा ०१४२५७३७५ / ९८४९०८९४९३

Tags